बरबर आँसु झार्दै मुटु रोगी अस्मी विश्वकर्माले गरिन् सहयोगको अपील(भिडियोसहित)

प्रकाशित मिति: ६ जेष्ठ २०७६, सोमबार

गौरादह नगरपालिका वडा नं ६ झापाकी १६ वर्षीय अस्मी विश्वकर्मा यतिबेला उपचारको लागि सबैसँग सहयोगको याचना गरिरहेकी छन् ।

जन्मदै मुटुको समस्या लिएर जन्मेकी विकलाई १०/११ वर्षको उमेरदेखि नै श्वासप्रवासमा समस्या हुन थालेको थियो । श्वासप्रवासमा समस्या देखापर्न थालेपछि उनलाई विद्यालय जान आउन गार्हो हुन थाल्यो । त्यसमाथि ७ वर्षअघि बुवाको मृत्‍यु भएर टुहुरा भएकी अस्मी आमाले पनि छाडेर अर्कैसँग विवाह गरेर गएपछि थप बिचल्लिमा परिन् ।

भविष्यमा डाक्टर बन्छु भन्ने सपना बोकेकी अस्मीले रोगले च्याप्दै गएपछि पढाईलाई ६ कक्षा भन्दा माथि निरन्तरता दिन सकिनन् । एक महिनाअघि गंगालाल हृदय केन्द्र बाँसबारीमा भर्ना भएकी विकको तुरुन्तै मुटुको अप्रेसन गर्नुपर्ने चिकित्सकको सुझाव छ ।

सरकारले मुटु रोगीहरुका लागि दिने एक लाख बराबरको उपचार खर्च पर्याप्त नभएको र आफूहरुको आर्थिक अवस्था नाजुक रहेको हुँदा छोरीको अप्रेसन गर्न ढिला भइरहेको कुरा अस्मीका ठूला बुवा कुमार विकले हामीलाई बताए ।

अहिले सामाखुसीस्थित मावलिपट्टिको बोजुको कोठामा ठूला बुवासँग आफू कहिले निको होउला भनेर पर्खिरहेकी अस्मीलाई उनको सफल उपचारको लागि तपाईं हामी सबैको सहयोगको खाँचो छ ।

हामी अस्मीको सफल उपचारको कामना गर्दै विश्वभरी छरिएर रहेका नेपालीहरु माझ सहयोगको लागि विशेष अनुरोध गर्दछौ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट