आजदेखि अप्टिकल फाइबर बिच्छ्याउने अभियान सुरु हुँदै

प्रकाशित मिति: ६ जेष्ठ २०७६, सोमबार

काठमाडौं, ६ जेठ । आजदेखि नेपाल टेलिकमले सबै जिल्ला तथा स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने उद्देश्यले प्रदेश १, २ र ३ अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिच्छ्याउने तयारी गरेको छ ।

प्रधानमन्त्री केपी ओलीले सोमबार दिउँसो १ बजे डिजीटल नेपाल बनाउने अभियान अन्तर्गत धादिङको गल्छी गाउँपालिकाको मासटारबाट अप्टिकल फाइबर बिच्छ्याउने अभियानको औपचारिक सुरुवात गर्ने छन् ।

टेलिकमले पाँचथरको चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै दुई हजार ३७६ किलोमिटर फाइबर बिच्छ्याउनेछ ।

सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि सोमबार नै फाइबर बिच्छ्याउने कामको औपचारिक सुरुवात हुने टेलिकमले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट