विशान र आद्या बने ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेज नेपाल’

प्रकाशित मिति: ५ जेष्ठ २०७६, आईतवार

काठमाडौं । आद्या कार्कीले ‘नवौं लिटिल प्रिन्स एन्ड प्रिन्सेज नेपाल २०१९’ को उपाधी जितेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार सम्पन्न प्रतियोगीतामा आद्याले ५७ प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि आफ्नो नाम गरेकी हुन् ।

विजेता कार्कीलाई आयोजक रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीका कार्यकारी निर्देशक साथमा फेसन डिजाइनर श्रीषा बैदार फैजुले ताज पहि¥याइन् भने रेडियन्टका संस्थापक निर्देशक साथै अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजुले ट्रफि प्रदान गरे । प्रतियोगीतामा जेसिका राई दोश्रो स्थानमा र गीत पछाई तेश्रो स्थानमा पर्न सफल भए ।

यस्तै लिटिल प्रिन्सतर्फ विशान कटवालले उपाधि आफ्नो नाम गरे । विशानलाई लिटिल प्रिन्स २०१८ का विजेता जेनिस श्रेष्ठले विजेताको टोपी पहि¥याइदिए भने डान्स कोरीयोग्राफर अनुप डंगोलले ट्रफि प्रदान गरे । लिटिल प्रिन्सतर्फको दोश्रो स्थानमा सम्पन्न दाहाल र दिक्षान्त भण्डारी तेश्रो स्थानमा परे ।

यसैगरी मिनि प्रिन्सेज समूहमा बिरङ्गना अर्यालले विजेताको ताज हात पारे । उनलाई रेडियन्टले नै आयोजना गरेको लिटिल प्रिन्सेज २०१७ की विजेता साथमा भारतमा भएको एस्थेटिक किड्स फेसन रनवे २०१८ मा समेत उपाधी विजेता शैब्या घिमिरेले ताज पहि¥याइदिए । मिनि प्रिन्सेजतर्फ दोश्रो स्थानमा विदुसी शाही र तेश्रो स्थानमा प्राप्ती राजभण्डारी परिन् ।

प्रतियोगीहरुलाई बेस्ट ट्यालेन्ट, बेस्ट स्माइल, बेस्ट आइज, सिन्सियर, पंक्च्युआलिटि आदि लगायतका विभिन्न सब टाइटलहरुबाट पुरस्कृत गरिएको थियो । विजयी प्रतियोगीहरुले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समेत सहभागीता जनाउने अवसर पाउने रेडियन्टका संस्थापक निर्देशक राज फैजुले जानकारी दिए । अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजुले प्रतियोगीहरुको कोरीयोग्राफी गरेका थिए भने ड्रेस डिजाइन श्रीषा बैदार फैजुले गरेकी थिइन् ।

प्रतियोगीताको निर्णायक मण्डलमा कर अधिकृत पुनम भट्ट, नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष देविका बुढाथोकी, डाफोडील स्कुलका गेम्स एन्ड स्पोर्ट्स डाइरेक्टर दीपक गुरुङ, मोडल तथा नायिका क्षितिजा शाक्य र संचारकर्मी बिराजकाजी राजोपाध्याय रहेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट