‘लैंगिक र घरेलु हिंसा’ बारे जानकारी

प्रकाशित मिति: ५ जेष्ठ २०७६, आईतवार

ललितपुर, ५ जेठ । समुदाय-प्रहरी-साझेदारी कार्यक्रम अन्तर्गत ललितपुरको तिखेदेवलमा रहेका स्थानीयहरुलाई ‘लैंगिक हिंसा र घरेलु हिंसा’ सम्बन्धी सचेतनामूलक प्रशिक्षण दिइएको छ ।

महानगरीय प्रहरी वृत्त सातदोबाटो र सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवलको आयोजनामा शनिबार ६० जना स्थानीयहरुलाई ‘लैंगिक हिंसा र घरेलु हिंसा’ सम्बन्धी प्रशिक्षण दिइएको हो ।

महानगरीय प्रहरी वृत्त सातदोबाटो ललितपुरका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले सहभागीहरुलाई हिंसा सम्बन्धी प्रशिक्षण दिएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट