बाघको छालासहित तीन जना पक्राउ

प्रकाशित मिति: ४ जेष्ठ २०७६, शनिबार

काठमाडौं, ४ जेठ । प्रहरीले बाघको छालासहित तीन जनालाई पक्राउ गरेको छ।

धादिङको गल्छी बजारमा रहेको हाम्रो होटलबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, प्रहरी चौकी गल्छी र डिभिजन वन कार्यालय धादिङको संयुक्त टोलीले शुक्रबार एक थान बाघको छालासहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरुमा नुवाकोट बिदुर नगरपालकिा ३ बस्ने ३१ वर्षीय सुमन दर्जी, ४५ वर्षीय ‍बिष्णुबहादुर सुनार र ४१ वर्षीय ‍कुमार खड्का रहेका छन् ।पक्राउ गरिएका व्यक्तिलाई डिभिजन वन कार्यालय धादिङले अनुसन्धानका लागि नियन्त्रणमा राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट