हात्तीले लियो बुद्धमायाको ज्यान

प्रकाशित मिति: ४ जेष्ठ २०७६, शनिबार

सिरहा, ४ जेठ । सिराहाको गोलबजार नगरपालिका-१० धर्मपुर गैरीटोलकी ७० वर्षीया बुद्धमाया मगरको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

शुक्रबार राति छिमेकीको घरबाट टीभी हेरेर सुत्न घर फर्कीरहेको बेला एक्कासी अगाडि परेको हात्तीले आक्रमण गर्दा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

हात्तीले गोलबजार नगरपालीका-१ मुक्सारमा अरहामा ऐतु लामाको र भुल्केमा अन्ते लामाको घर भत्काएको छ । मृतक मगरको शव पोष्टमार्टमको लागि रामकुमार सारदा उमाप्रसाद मुरारका अस्पताल लहान लगिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट