निगमले घटायो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

प्रकाशित मिति: ३ जेष्ठ २०७६, शुक्रबार

काठमाडौं, ३ जेठ । नेपाल आयल निगमले पेट्रोलमा २ र डिजेल तथा मट्टितेलमा १ रुपैयाँ घटाएको छ ।

निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा १-१ रुपैयाँ मूल्य घटाएको हो । अब पेट्रोलको मूल्य १ सय ९ रुपैयाँ ५० पैसा, डिजेलको मूल्य ९७ र मट्टितेलको मूल्य पनि ९७ रुपैयाँ हुनेछ।

इण्डियन आयल कर्पोरेशनबाट १६ मे २०१९ मा प्राप्त मूल्य घटेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट