‘श्रीमान् गम्भीर नेपाली’ बजाउँदा दुई जना पक्राउ

प्रकाशित मिति: २ जेष्ठ २०७६, बिहीबार

काठमाडौं, २ जेठ । शाही युवा शक्तिका दुई कार्यकर्तालाई पुरानो राष्ट्र गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाएको भन्दै प्रहरीले पक्राउ गरेको छ ।

गत वैशाख २८ मा बुटवलको ट्राफिकचोकमा भएको भेलामा शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रितम केसी र रुपन्देहीका अध्यक्ष महेन्द्र विश्वकर्माले उक्त गीत बजाएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै शाही युवा शक्तिले रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । उनीहरुलाई अभद्र व्यवहारको मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट