यस कारण मनाइन्छ विद्यार्थी एकता दिवस (तस्बिरसहित)

प्रकाशित मिति: १ जेष्ठ २०७६, बुधबार

काठमाडौं, १ जेठ । आज ५५औँ विद्यार्थी एकता दिवस । २०१७ साल पुस १ गतेको शाही ‘कू’ ले जनताका अधिकारलाई कुण्ठित गपछि त्यसविरुद्ध विद्यार्थीहरु आन्दोलित भए ।

यस बीचमा २०२१ साल वैशाखमा त्रिचन्द्र क्याम्पसमा उपत्यकाव्यापी अन्तरकलेज विद्यार्थी सम्मेलन सम्पन्न भयो । सम्मेलनले सम्पूर्ण बन्दी विद्यार्थीहरू विनासर्त रिहा गर्नुपर्ने, स्ववियु खोल्न पाउने अधिकारको बहाली गर्नुपर्ने, सबै राष्ट्रघाती असमान सन्धिहरू खारेज गर्नुपर्ने र गोर्खा भर्ती केन्द्र खारेज गर्नुपर्ने सहितका मागसहित आन्दोलन चर्काउने निर्णय गर्‍यो ।

२०२१ साल जेठ १ गते विद्यार्थीहरुले निकालेको विशाल जुलुशमा तत्कालीन पञ्चायती सरकारले दमन गर्‍यो । प्रदर्शनका क्रममा थुप्रै विद्यार्थीहरु पक्राउ परे । विद्यार्थीहरुले दमनको विरोधमा उपत्यकाव्यापी हड्ताल गरे । आन्दोलन झन् चर्काउँदै लगे । अन्ततः पञ्चायती सरकार स्ववियु खोल्न पाउने अधिकार बहाली र बन्दी विद्यार्थी रिहाइलगायतका माग पूरा गर्न बाध्य भयो ।

विद्यार्थीहरुको एकताको बलमा आन्दोलन सफल भएको यही दिनको सम्झनामा विद्यार्थीहरुले जेठ १ गतेलाई एकता र विजयको रुपमा मनाउँदै आएका छन् । यसै दिनको सम्झनामा आज विभिन्न विद्यार्थी संगठनहरुले र्‍याली निकालेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट