७८ लाख घुस प्रकरण: अख्तियारका पूर्वआयुक्त पाठक अदालतमा

प्रकाशित मिति: १ जेष्ठ २०७६, बुधबार

काठमाडौं, १ जेठ । भक्तपुरको इन्जिनियरिङ कलेजको छानबिन रोक्न ७८ लाख घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायाण पाठक बुधबार विशेष अदालतमा हाजिर भएका छन्।

घुसकाण्डमा मुछिएपछि पदबाट राजीनामा दिएका पाठकविरुद्ध अख्तियारले नै अनुसन्धान गरेको थियो। २०७५ चैत १२ गते उनीविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गराएको थियो।

अहिले अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासमा बयान भइरहेको बताइएको छ । बयानपछि आजै उनको विषयमा थुनछेक बहस हुनेछ ।

त्यसपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी माग्ने अथवा साधारण तारेखमा छोड्ने आदेश दिनेछ। पाठकलाई घूस दिने चाँगुनारायण, भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपाने फरार छन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट