दाई भेट्न हिँडेकी नेपाली युवतीको दिल्लीमा सामूहिक बलात्कार

प्रकाशित मिति: १ जेष्ठ २०७६, बुधबार

काठमाडौं, १ जेठ । काठमाडौंबाट भारतमा रहेका आफ्ना दाईलाई भेट्न हिँडेकी नेपाली युवतीमाथि नयाँ दिल्लीमा सामूहिक बलात्कार भएको छ ।

२४ वर्षीया ती महिलालाई चार जना पुरुषहरुले बलात्कार गरेका हुन् । उनले मुम्बई प्रहरीलाई दिएको बयानमा भनिएको छ, ‘म दिल्लीको द्वारका नजिकको एक बजारमा थिएँ । त्यहाँ एकजना पुरुषसँग भेट भयो र उनले मलाई शहरसम्म पुग्नको लागि सहयोग गर्छु भने । पीडित महिलालाई ती पुरुषले केही समय आराम गर्न भन्दै एउटा घरमा लिएर गए । घरमा पुगेपछि ती युवकले उनीमाथि यौन दुर्व्यवहार गर्न थाले । पछि उनले आफ्ना तीन जना साथीलाई बोलाए र बलात्कार गरे ।’

बलात्कृत भइसकेपछि उनी लरखराउँदै रेलमा चढेर मुम्बईसम्म आइपुगेको प्रहरी अधिकारीले भारतीय सञ्चारमाध्यमलाई बताएका छन्। घटनाका सबै विवरण र पीडकको फोन नम्बर दिल्ली पुलिसलाई दिएको र दिल्ली पुलिसले नै घटनाको अध्ययन, अनुसन्धान गर्ने ओशिवारा पुलिस थानाका एक प्रहरी अधिकारीले जानकारी दिए ।

ती महिलाले आफूलाई बलात्कार गर्ने पुरुषहरुको नाम पनि प्रहरीलाई दिएकी छिन् । उनले ती पुरुषमध्ये एक जनाको फोन नम्बर पनि प्रहरीलाई दिएकी छिन् । उनी शनिबार नै दिल्ली पुगेकी थिइन् । उनी दिल्लीबाट मुम्बईको लागि रेल चढ्ने तयारीमा थिइन् । तर उनको मुम्बई जाने रेल छुटेपछि उक्त घटना घटेको हो । दिल्ली प्रहरीले बलात्कार गर्ने ती चार जना पुरुषविरुद्ध मुद्दा दर्ता गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट