कामिरिता शेर्पाद्वारा २३औँ पटक सगरमाथा आरोहण

प्रकाशित मिति: १ जेष्ठ २०७६, बुधबार

काठमाडौं, १ जेठ । २३औँ पटक सगरमाथा आरोहण गरेर ‍सोलुखुम्बुका कामिरिता शेर्पाले नयाँ विश्व कीर्तिमान कायम गरेका छन् ।

बुधबार बिहान ७ बजेर ५० मिनेटमा सगरमाथाको चुचुरोमा २३औँ पटक पुग्न सफल भएका कामिरिताले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन्। सोलुखुम्बुको थामे निवासी ४९ वर्षीय कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान सुधार गरेका हुन्।

शेर्पाले सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका थिए । उनीसँगै निमा ओङ्दी शेर्पाले पनि सगरमाथाको सफल आरोहण गरेका सगरमाथा आधार शिविररमा रहेकी पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट