मेयर चढ्ने एक करोड २० लाखको गाडीमा आगजनी

प्रकाशित मिति: १ जेष्ठ २०७६, बुधबार

अछाम, १ जेठ । अज्ञात समूहले अछामको मङ्गलसेन नगरपालिकाको बा२झ ३६९४ नम्बरको गाडीमा आगजनी गरेका छन् ।

नगरप्रमुख पदमबहादुर बोहरा चढ्ने उक्त गाडी नगरपालिकाले करिब एक वर्षअघि एक करोड २० लाख रुपैयाँमा खरीद गरेको थियो। गए राति नगरपालिका परिसरमै पार्किङ गरी राखिएको गाडीमा आगजनी गरिएको प्रहरीले जनाएको छ । आगजनीबाट गाडी पूर्णरुपमा नष्ट भएको छ।

गाडीमा विप्लव समूहले आगजनी गरेको हुनसक्ने आशङ्कामा प्रहरीले खोजीकार्य तीव्र पारेको छ। पार्किङ गरेर राखिएको गाडीमा योजनाबद्ध ढङ्गले आगजनी गरेको हुनसक्ने प्रमुख प्रशासकीय अधिकृत गणेश ढुङ्गानाले बताए। सोही ठाउँमा पार्किङमा राखिएका टिपरलगायत अन्य सरकारी गाडीमा भने कुनै क्षति गरिएको छैन।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट