‘शैक्षिक संस्थाहरुमा हुने अभद्र व्यवहार’विरुद्ध सचेतनामूलक कक्षा संचालन

प्रकाशित मिति: ३१ बैशाख २०७६, मंगलवार

ललितपुर, ३१ वैशाख । समुदाय-प्रहरी-साझेदारी कार्यक्रम अन्तर्गत मंगलबार ललितपुर-१४ नखिपोटमा रहेको महालक्ष्मी माध्यमिक विद्यालयका छात्रछात्राहरुलाई ‘शैक्षिक संस्थाहरुमा हुने अभद्र व्यवहार’विरुद्ध सचेतनामूलक कक्षा संचालन गरिएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवलको आयोजनामा संचालन गरिएको कार्यक्रममा प्रहरी नायब निरीक्षक फुल कुमारी पौडेलले विद्यालयका १४६ जना छात्र, १५४ जना छात्रा र शिक्षक शिक्षिका १८ जना गरी ३१८ जनालाई शैक्षिक संस्थाहरुमा हुने अभद्र व्यवहारविरुद्ध जानकारी दिएकी थिइन् । कार्यक्रममा विद्यार्थीहरुलाई बुकलेट समेत गरिएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट