रिपोर्टर नेपाल समाचार
काठमाडौं । प्रितम आचार्य र आयूष केसी भारतीय गायन रियालिटि शो ‘सारेगमप’ को टप ९ मा पुग्न सफल भएका छन् ।
‘जीटिभी’ बाट प्रशारण हुने ‘सारेगमप’ को आइतबार राती भएको कार्यक्रममा उनीहरु टप ९ मा छानिएका हुन्।
यो वर्ष १२ वर्षका आयुष र ११ वर्षका प्रितमसहित नेपालबाट ८ जना ‘सारेगमप’ मा सहभागी भएका थिए।