बढ्दो व्यापार घाटालाई कम गर्न उत्पादन वृद्धिमा जोड दिनुपर्ने : राष्ट्र बैंक

प्रकाशित मिति: २६ बैशाख २०७६, बिहीबार

काठमाडौं, २६ वैशाख । सरकारलाई आन्तरिक उत्पादन वृद्धिमा जोड दिएर आउँदो आर्थिक वर्षको बजेट ल्याउन नेपाल राष्ट्र बैंकले सुझाव दिएको छ ।

संघीय संसदको अर्थ समितिले बिहीबार राजधानीमा आयोजना गरेको आगामी आर्थिक वर्षको ‘प्रि बजेट’ छलफल कार्यक्रममा बोल्दै राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवि नेपालले देशमा बढ्दो व्यापार घाटालाई कम गर्न पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताए ।

गभर्नर नेपालले देशमा आर्थिक गतिविधिलाई बढावा दिन पूँजीगत खर्च बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने आवश्यकता पनि औंल्याए । गभर्नर नेपालले पूँजीगत खर्च बढाउने काम नगरे मुलुकमा आर्थिक गतिविधिले बढावा नपाउने धारणा राखे ।

विप्रेषणको भर नपर्न सरकारको ध्यानाकर्षण गराएका गभर्नर नेपालले पूँजीगत खर्च बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारसँग आग्रह गरे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट