३ सयले घट्यो सुनको मूल्य

प्रकाशित मिति: १९ बैशाख २०७६, बिहीबार

काठमाडौं, १९ वैशाख । बिहीबार सुन तोलामा ३ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ सय रुपैयाँले घटेको हो । यस्तै आज चाँदी प्रतितोला १० रुपैयाँ घटेर ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट