नायिका श्वेतालाई ट्युमर, शल्यक्रिया सफल भएपछि लेखिन् भावुक स्टाटस

प्रकाशित मिति: १६ बैशाख २०७६, सोमबार

काठमाडौं । चिउँडोमुनि ट्युमर आएपछि नायिका श्वेता खड्का उपचारका लागि दिल्ली गएकी छन् ।

श्वेताको दिल्लीस्थित बीएलके अस्पतालमा उपचार भइरहेको छ । श्वेताको चिउँडोमुनि आएको ट्युमरको बीएलके अस्पतालका डाक्टर सुरेन्द्रकुमार दबसले ‘रोबोटिक शल्यक्रिया’ गरेका छन् ।

श्वेताले आफ्नो उपचारका लागि नेपालबाट डाक्टर पंकजले सबै व्यवस्था गरेको र आफ्नो शल्यक्रिया सफल भएको बताएकी छन् ।

श्वेताले फेसबुकमा भावुक स्टाटस लेख्दै ‘जीवनमा केही कुराको पनि निश्चितता नहुने रैछ’ भन्दै आफूलाई चलचित्र ‘हेल्लो जिन्दगी’ को छायांकन गर्न लण्डनजानु अघि नै दुखाइ महसुस भएको बताएकी छन् ।

‘हेल्लो जिन्दगी’ को छायांकन बीचमै छाड्न बाध्य हुँदा उनले दुःख पनि व्यक्त गरेकी छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट