प्रधानमन्त्रीज्यूको स्वागतयोग्य हस्तक्षेप, खुला मञ्चका अवैध संरचना भत्काइए

प्रकाशित मिति: १५ बैशाख २०७६, आईतवार

खुला मञ्चको अतिक्रमण विरूद्धको सक्रियता मुलुकभरि पुगोस । नेपालको प्रजातान्त्रिक आन्दोलन र गतिविधिको जीवन्त साक्षी खुलामञ्च कब्जाविरूद्ध प्रधानमन्त्री खड्गप्रसाद ओलीजीको हस्तक्षेपकारी निर्देशनपछि ती व्यापारिक संरचनाहरू भत्काइएको सुखद् समाचार सुन्न पढ्न पाइयो ।

प्रधानमन्त्रीजीको यो संवेदनशीलता र सक्रियता अत्यन्त स्वागतयोग्य छ । यो आरम्भ मात्रै बनोस प्रधानमन्त्रीज्यू । अपवाद पनि नबनोस ।

खुला मञ्चका अवैध संरचना भत्काइए अब जसको आदेशले ती संरचना खडा भए । जसले रकम असुलेर व्यापारीहरूलाई भाडामा लगाए । मोटो रकम कुम्ल्याए । तिनलाई छोड्नु हुन्न प्रधानमन्त्री ज्यू ।

बालुवाटारको सरकारी जमिनको खरिद बिक्री प्रधानमन्त्रीजीको इमानको टेस्ट केस पनि हो ।
दाताले पवित्र उद्देश्यले मन्दिर, पाटी, पौवा, स्कूल, कलेज, विश्वविद्यालयलाई प्रदान गरेका जमिन, त्यस्तै उद्देश्यले राखिएका सार्वजनिक र निजी गुठीका जमिनहरू माथिका कुनै पनि नाउमा भएका अतिक्रमण हटाइनु पर्दछ ।

आफ्नो निजी हकभोगको जमिन बेचेर आफूखुशी गर्न पनि त सक्थे नी उनीहरू । धार्मिक वा सामाजिक उद्देश्यले कसैले जमिन दिने अरूले यो वा त्यो नाउमा कब्जा गरेर बस्ने अनुचित, अनैतिक, असामाजिक र अराष्ट्रिय कार्य नै हो ।

त्यस्तो जमिन सरकारले पनि वृहत राष्ट्रिय हितमा र दाता र उनीहरूका सन्तानको सहमति बेगर लिन लिन मिल्दैन प्रधानमन्त्रीज्यू ।

मुलुकका सबै सार्वजनिक, सरकारी, सामाजिक संघ संस्था, शैक्षिक संस्था, सार्वजनिक र निजी गुठीका जमिन माथिका सबै अतिक्रमण हटाउन र तिनलाई पूर्ववत अवस्थामा ल्याउने सर्वाधिकार सम्पन्न उच्च आयोग बनाइयोस् ।

यसले एउटा नयाँ अत्यन्त सकारात्मक र स्वस्थ्य राज्य अभ्यास र परम्परा निर्माण गर्दछ प्रधानमन्त्रीज्यू । (फेसबुकबाट साभार)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट