रिपोर्टर नेपाल समाचार
भोजपुर, १२ वैशाख । जिल्लाको सुदुर उत्तरमा पर्ने साल्पासिलिछों गाउँपालिका वडा नं ३ स्थित जाल्पा मा. वि. लाई विद्यालयका पूर्व विद्यार्थीहरुले सिसि टिभी क्यामेरा प्रदान गरेका छन् ।
वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेका पूर्व विद्यार्थीहरुले विद्यालयलाई ८२ हजार रुपैयाँ बराबरको सिसि टिभी क्यामेरा प्रदान गरेका हुन् ।
उनीहरुले ईन्द्रावती युवा क्लबका अध्यक्ष अशोक कुमार राईमार्फत उक्त सिसि टिभी क्यामेरा विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।