कर नतिरेसम्म एनसेलको सिम प्रयोग नगर्न नेकपाका युवा-विद्यार्थीको आग्रह

प्रकाशित मिति: १२ बैशाख २०७६, बिहीबार

काठमाडौं, १२ वैशाख । नेकपानिकट वाइसियल, युवा संघ नेपाल, अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) का नेताहरुले एनसेलको सिम प्रयोग नगर्न सबैलाई आग्रह गरेका छन्।

राज्यलाई तिनुपर्ने करकै विरुद्ध एनसेल अदालत पुगेपछि सत्तारुढ नेकपानिकट विद्यार्थी र युवा संगठनका नेताहरुले कर नतिरेसम्म एनसेलको सिम प्रयोग नगर्न आग्रह गरेका हुन् ।

बिहीबार वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा), युवासंघ अध्यक्ष रमेश कुमार पौडेल, अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले संयुक्त विज्ञप्ति निकालेर एनसेलको सिम कार्ड प्रयोग नगर्न अपिल गरेका हुन् ।

एनसेललाई कर छुट दिने वा अन्य कुनै प्रकारका विशेष सहुलियत दिने जस्ता निर्णय नगर्न नेकपाका युवा तथा विद्यार्थी संगठनका नेताहरुले सम्बद्ध निकायहरुलाई आग्रह समेत गरेका छन् । उनीहरुले २४ घण्टाभित्र एनसेलले कर नतिरेमा दबावका कार्यक्रम घोषणा गरिने चेतावनी पनि दिएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट