नौबिसे केन्द्रबिन्दु भएर तेस्रो पटक गयो भूकम्प

प्रकाशित मिति: ११ बैशाख २०७६, बुधबार

काठमाडौं, ११ वैशाख । बुधबार अपराह्न ३ बजेर ५ मिनेट जाँदा धादिङको नौबिसे केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको छ ।

बुधबार अपराह्न गएको उक्त परकम्प तेस्रो हो । यसअघि बुधबार बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको र ६ बजेर ४० मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको गरी ११ मिनेटभित्र दुईवटा परकम्प गएका थिए ।

परकम्पको धक्का धादिङसहित उपत्यकामा पनि महसुस गरिएको थियो । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुन लाग्दा फेरि पनि परकम्पहरु गएका हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट