फेसबुकमा चिठ्ठा पर्‍यो भन्दै ठगी गर्ने पक्राउ

प्रकाशित मिति: ११ बैशाख २०७६, बुधबार

काठमाडौं, ११ वैशाख । चिठ्ठा पर्‍यो भन्दै ठगी गर्ने तीन विदेशीलाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, भाइबर र इमोमार्फत सात नेपालीलाई नाइजेरियन, चिनियाँ र भारतीय नागरिकले ४० लाख ३९ हजार चार सय १९ रुपैयाँको चिठ्ठा पर्‍यो भन्दै ठगी गरेको प्रहरीले जनाएको छ।

पीडित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भारत मद्रासी कोलोनी सेक्टर २१ पंञ्जकुला हरियाना भारत घर भई काठमाडौंको अनमोल गेष्ट हाउसमा काम गर्ने अमितकुमार सुरुमा पक्राउ गरेको र अमितकै बयानमा ठमेल सातघुम्तीस्थित सिएसफसी चाईनिज रेष्टुरेन्टमा काम गर्ने चिनियाँ नागरिक वाङ होङजियालाई पक्राउ गरेको हो ।

पीडितहरुलाई नाइजेरियन नागरिकले म्यासेजमा चिठ्ठा परेको सन्देश पठाउँथे। पैसा जम्मा गर्न अमितको खाता नम्बर समेत नाइजेरियनले पठाउँदै आएको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।

पीडितहरुले भारतीय नागरिक अमितको खातामा पैसा जम्मा गर्दै आएका थिए। अमितको खातामा पैसा जम्मा भएपछि उनीहरूले बाँडफाड गरेर लिँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सीआइबीका प्रवक्ता एसपी सुदीप गिरीका अनुसार यो गिरोहले पीडितलाई चिठ्ठाका नाममा एनआईसी एसिया, हिमालयन र विओकेएल बैंकमा पैसा जम्मा गर्न लगाएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट