फुल म्याराथनमा आर्मीका कृष्ण र पुलिसकी राजपुराले जिते स्वर्ण पदक

प्रकाशित मिति: ९ बैशाख २०७६, सोमबार

दाङ । आठौं राष्ट्रिय खेलकूद अन्तर्गत सोमबार दाङस्थित बेलझुण्डी रंगशालामा भएको फुल म्याराथन प्रतियोगितामा कृष्ण बस्नेत र राजपुरा पछाईले स्वर्ण पदक जितेका छन् ।

नेपाली सेनाका कृष्ण बस्नेत र नेपाल पुलिसकी राजपुरा पछाईले ४२ किलोमिटर फूल म्याराथनमा स्वर्ण पदक जितेका हुन् । पुरुष तर्फको फुल म्याराथनमा सेनाका कृष्ण बस्नेतले निर्धारित दूरी २ घण्टा १७ मिनेट ३३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक हात पारेका हुन् भने महिला फुल म्याराथनमा नेपाल प्रहरीकी राजपुरा पछाईले दुई घण्टा ५९ मिनेट ३८ सेकेन्डमा दुरी पूरा गर्दै स्वर्ण जितेकी हुन् ।

म्याराथन रंगशालाबाट सुरु भएर हेमन्तपुर, विजौरी, ग्वार खोला, पर्सेनी, तुलसीपुर, दोघरे, डाडाँचिस, बाघर पिपलको रुख नजिबाट घुमेर श्रीगाउँ सातनम्बर वडा कार्यालय अगाडि, कुमलगढी, गहतेखोला पुल, तुलसीपुर हुँदै मोतिपुर, विजौरी, हेमन्तपुरहुँदै बेलझुण्डी रंगशालको ट्रयाकमा एक राउण्ड लगाएपछि सकिएको थियोे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट