आईसीसीको नयाँ बरीयतामा नेपाल एक स्थान अगाडि

प्रकाशित मिति: ४ बैशाख २०७६, बुधबार

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको नयाँ बरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।

नयाँ बरीयता अनुसार नेपाल १४औँ स्थानमा रहेको छ । आईसीसीको एकदिवसीय क्रिकेटको बरीयतामा नेपालले एक स्थान सुधार गरेको हो । यसअघि नेपाल १५औँ स्थानमा रहेको थियो । आईसीसीको एकदिवसीय मान्यता प्राप्त १६ राष्ट्रमध्ये १४औँ स्थानको नेपालले १५२ अंक पाएको छ ।

नेपाल भन्दा मुनि यूएई र नेदरल्याण्ड रहेका छन् । बरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौंथोमा दक्षिण अफ्रीका र पाँचौमा अष्ट्रेलिया रहेका छन् ।

गत माघमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा २ सय ९१ को जित निकालेपछि नेपाल आईसीसीको बरीयतामा पर्दै आएको छ ।

उक्त सिरिजपछि नेपालले एकदिवसीय खेल खेलेको छैन । तर, अन्य टोलीको प्रदर्शन घटबढ हुँदा नेपालले एक स्थान सुधार गरेको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट