युवा र बच्चाहरुको दिमागमा असर पारिरहेको भन्दै भारतमा ‘टिक-टक’मा प्रतिबन्ध

प्रकाशित मिति: ४ बैशाख २०७६, बुधबार

नयाँ दिल्ली । पछिल्लो समय बालबालिकादेखि युवायुवती माझ लोकप्रिय बन्दै गएको ‘टिक टक’लाई भारतमा प्रतिबन्ध लगाइएको छ ।

‘टिक टक’ले युवाहरुको भविष्य र बच्चाहरुको दिमागमा असर पारिरहेको भन्दै सोमबार ‘टिक टक’विरुद्ध भारतीय सर्वोच्च अदालतमा रिट निवेदन समेत दायर भएको थियो। भारतमा गएरातिबाट नै गुगल प्लेस्टोरबाट ‘टिक–टक’ हटाइएको छ । एप्पलको प्लेटफर्ममा भने रातिसम्म सो एप्स उपलब्ध रहेको बताइएको छ ।

मद्रास हाइकोर्टमा यसै विवादसम्बन्धी मुद्दा सुनुवाई भइरहेको भन्दै सर्वोच्चले आफ्नो पेशी सारेको थियो। सर्वोच्चले हाइकोर्टको आदेशपछि मात्र यो विषयमा सुनुवाई गर्नेछ।

सर्वोच्चमा मद्रास हाइकोर्टको फैसला रोक्न माग गरेकोमा त्यसलाई भने अस्वीकार गरेको छ। मद्रास उच्च न्यायालयको निर्देशानुसार भारतमा उक्त एप्स प्रतिबन्ध लगाइएको हो ।

‘टिक–टक’मा विशेष इफेक्टका साथ प्रयोगकर्ताले भिडियो बनाउन र शेयर गर्न सक्ने व्यवस्था छ । फेसबुकमा पछिल्लो समय ‘टिक–टक’ भिडियो निकै लोकप्रिय हुँदै गएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट