अब फेसबुक चलाउँदा आँखालाई आराम मिल्ने, लागू भयो डार्क मोड फिचर

प्रकाशित मिति: ३ बैशाख २०७६, मंगलवार

काठमाडौं । सामाजिक संजाल फेसबुकले यसअघि परीक्षणमा रहेको डार्क मोड फिचर विश्वभर लागू गरेको छ।

म्यासेन्जर चलाउँदा आँखा दुख्ने समस्या बढेको प्रयोगकर्ताले गुनासो गरेपछि फेसबुकले म्यासेन्जर एपमा नयाँ फिचर लागु गरेको हो । यस फिचरबाट म्यासेन्जर प्रयोगकर्ताको आँखाले आरामको महशुस गर्ने विश्वास लिइएको छ।

म्यासेन्जरमा डार्क मोड फिचर अन गर्नका लागि फेसबुक प्रयोगकर्ताले म्यासेन्जरको प्रोफाइल पिक्चरमा गएर त्यहाँ तल दिइएको डार्क मोड अप्सनमा क्लिन गर्नुपर्ने हुन्छ। क्लिक गरेपछि म्यासेन्जरको स्वरुप परिवर्तन हुन्छ।

म्यासेन्जरको सेतो डिस्प्ले कालोमा परिणत हुन्छ। नयाँ फिचर स्वास्थ्यको लागि फाइदाजनक हुने फेसबुले गत जनवरीमा बताएको थियो।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 


ताजा अपडेट