नेपालद्वारा ओमान १ सय ५० रनले पराजित

प्रकाशित मिति: ३ बैशाख २०७६, मंगलवार

काठमाडौं । टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले ओमानलाई १ सय ५० रनले पराजित गरेको छ।

मलेसियामा जारी आईसीसी यु–१९ एकदिवसीय विश्वकप क्रिकेट एसिया छनोट अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले ४३ ओभर २ बलमा अलआउट हुँदै २२९ रन बनाएको थियो।

२३० रनको लक्ष्य पछ्याएको ओमानले ४४ ओभर १ बलमा सबै विकेट गुमाउँदै ७९ रन मात्रै बनाउन सक्यो। ओमानका लागि अमनप्रित सिराह र जिल तन्नाले समान १३ रन बनाए पनि अन्यले दोहोरो अंक छुन सकेनन्।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ८१ बलमा पाँच ५ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ७५ रन बनाएका थिए । यस्तै प्रतिस जिसीले ४१, भिम सार्कीले ३९, अभिषेक बस्नेतले १५ र रित गौतमले १० रनको योगदान दिए। बलिङतर्फ पवन सरार्फले सर्वाधिक ३ विकेट लिए।

१० ओभर बलिङ गरेका उनले २ मेडन सहित २४ रन दिएर ३ विकेट लिएका हुन्। यस्तै सूर्य तामाङ र प्रतिस जिसीले दुई–दुई, कुशल मल्ल, भिम सार्की र कमलसिंह ऐरीले एक–एक विकेट लिए।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट