उपत्यकासहित मध्य र पूर्वको मौसम बदली, पानी पर्ने सम्भावना

प्रकाशित मिति: १ बैशाख २०७६, आईतवार

काठमाडौं, १ वैशाख । पश्चिमी वायु अहिले काठमाडौंतिर सरिरहेकाले उपत्यकासहित मध्य र पूर्वको केही ठाउँको मौसम बदली भएको छ ।

आइतबार मध्य र पूर्वका केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने र उच्च हिमाली भेगमा हिमपातको पनि संभावना हरेको मौसमविद् विभूति पोखरेलले जानकारी दिए ।

अहिले काठमाडौंसहित मध्य क्षेत्रको मौसम बदली भएर केहि ठाउँमा मेघगर्जन र चट्याङ परिरहेको तथा यसको प्रभावले आज मध्य र पूर्वको मौसम खुल्ने संभावना कम रहेको मौसमविद्ले बताए ।

आइतबार र सोमबार मध्य र पूर्वको मौसम बदली भए पनि पश्चिमको मौसम भने आंशिक बदली हुनेछ । मंगलबार भने देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

दिउँसो केहीबेर मौसम खुले पनि फेरि बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट