विप्लवका जिल्ला इन्चार्ज ‘ज्वाला’ पक्राउ

प्रकाशित मिति: २९ चैत्र २०७५, शुक्रबार

मकवानपुर, २९ चैत । विप्लव समूहका मकवानपुर जिल्ला इन्चार्ज वीरबहादुर घलान ‘ज्वाला’ पक्राउ परेका छन् ।

बिहीबार राति सवारीसाधन जाँच गर्ने क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित दुई जनालाई हेटौंडा उपमहानगरपालिका–८, फायरलाइनबाट प्रहरीले पक्राउ गरेको हो।

यसअघि मकवानपुर प्रहरीले विप्लव समूहका कार्यकर्ता भएको आरोपमा चार जनालाई पक्राउ गरेर विभिन्न मुद्दा चलाएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट