राजनराज र शान्ताको ‘पानी आउने धारो’ सार्वजनिक

प्रकाशित मिति: २८ चैत्र २०७५, बिहीबार

काठमाडौं । लेखक तथा कलाकार जीवन थापा ‘क्षितिज’द्वारा अभिनित नयाँ म्युजिक भिडियो ‘पानी आउने धारो मान्छन् सबले प्यारो’ सार्वजनिक भएको छ ।

शान्ता खत्री कार्कीको शब्द र रिमेश कुमारको सङ्गीत रहेको उक्त गीतमा चर्चित गायक राजनराज शिवाकोटी र गीतकार समेत रहेकी शान्ताको कर्णप्रिय स्वर रहेको छ । भिडियोमा जीवन थापाका साथै आशिका अधिकारी र आरके थापा देशभक्तको अभिनय रहेको छ ।

गणेश थापाको निर्देशन रहेको भिडियोको छायाङ्कन मनोज राईले गरेका छन् । काठमाडौं उपत्यका आसपासका स्थलमा छायाङ्कन गरिएको भिडियोको सम्पादन ललित सिंहले गरेका हुन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट