टी-२० क्रिकेटमा सन्दीपको ५० विकेट पूरा

प्रकाशित मिति: २४ चैत्र २०७५, आईतवार

काठमाडौं । गत सिजनको आइपीएलमा दिल्लीबाट खेल्दै टी-२० क्रिकेटमा डेब्यु गरेका सन्दीप लामिछानेले ५० विकेट पूरा गरेका छन्।

सन्दीपले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध दिल्ली क्यापिटल्सबाट इण्डियन प्रिमियर लिग (आइपीएल)को चौथो खेल मोइन अलीको विकेट लिदैँ ५० विकेटको कोशे ढुंगा पूरा गरेका हुन्।

आईपीएलपछि सन्दीपले क्यारेबियन प्रिमिएर लिग (सिपिएल), ष्ट्रेलियाको बिग बास लिग (बीबीएल), क्यानाडाको ग्लोबल टी (ट्वान्टी), अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमिएर लिग, पाकिस्तान सुपर लिग खेलेका थिए।

सन्दीपले ४० टी-२० खेलका ४० इनिङमा सो सफलता हात पारेका हुन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट