ईन्द्रावती युवा क्लबले खुल्ला वडास्तरीय मदन-उमा कप पुरुष भलिबल आयोजना गर्ने

प्रकाशित मिति: १९ चैत्र २०७५, मंगलवार

भोजपुर । नयाँ वर्ष २०७६ को अवसर पारेर ईन्द्रावती युवा क्लब साल्पासिलिछों-३ तिन्तामा चौकीडाडाँ, भोजपुरले ‘खुल्ला वडास्तरीय मदन-उमा कप पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम’ गर्ने भएको छ ।

जिल्लाको उत्तरी भागमा रहेको उत्त क्लबले हरेक वर्षको तिहारमा गर्दै आएको कार्यक्रमको दायरा बढाउँदै यस वर्षदेखि नयाँ वर्षको मेलाको रुपमा नयाँ कार्यक्रम थप्दै प्रतियोगिता सुरु गरेको हो ।

मदन-उमा परिवारको प्रायोजनमा हुन लागेको प्रतियोगिताको विजेता टोलीले नगद रु.५० हजार पाउनेछन् भने दोस्रो र तेस्रो हुने टोलीले क्रमश: नगद रु.३० हजार तथा २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा अन्य विधाहरु बेस्ट स्पाइकर, बेस्ट लिफ्टर, बेस्ट ब्लकर, बेस्ट डिफेन्डर, बेस्ट प्लेयरलाई जनही रु.२ हजार र फेयर प्ले टिमले रु. ५ हजार र नगद प्राप्त गर्नेछन ।

कमल खत्रीको सह-प्रायोजन रहेको प्रतियोगितामा चर्चित कमेडियन गणेश ईसारा राई, गायक सुरेन्द्र पुलामी, गायक गनु साम्पाङ राई, कोरियोग्राफर सुसन घिमिरे लगायत अन्य स्थानीय कलाकारहरुको प्रस्तुति रहने क्लबका अध्यक्ष अशोक कुमार राईले जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट