तिम्रो याद अझै बाँकी छ…

प्रकाशित मिति: १६ चैत्र २०७५, शनिबार

सत्ते,
हृदयबाट बन्क हानेर
पहिलो पल्ट
आको थे-
तिमिसँग बात मार्न

थिए,
-केही थान बासी स्मृती
-केही गुप्त गुनासाहरु
-केही उदास सुगन्ध
यस्तै यस्तै धेरै
जुन सुनाउनु थियो तिमिलाई ।

तर…
सुनाउ कसलाई अब ?
सोचिरहे बाटोभरी
तिमिले दुत्कारेपछी
फर्किदा

एक्लै छु- फर्किदा
एक्लै थिए-जाँदा (पनि)
र,त्यसैले तिमी थियौ, छौ
ओहोर दोहोर
यादका बाटाहरुमा ।

यदि तिमी भेटेको भए
सायद,
मेटिन्थ्यो होला स्मृति
हराउँथे होलान गुनासाहरु
उडेर जान्थ्यो होला सुगन्ध
र , हत्या हुन्थ्यो होला हृदयको
तिमिसँग बात मार्दा ‘मार्दा’

धन्न तिमिले दुत्कार्यौ
र, अझै म सँग
एउटा सिङ्गो हृदय बाँकी छ
तिम्रो याद बाँकी छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट