लमजुङको तिनपिप्लेमा खुल्ला फुटबल प्रतियोगिता हुँदै

प्रकाशित मिति: १४ चैत्र २०७५, बिहीबार

लमजुङ । नयाँ वर्षको अवसरमा लमजुङको राईनासमा खुल्ला फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ ।

सनराईज युथ क्लबको आयोजनामा राईनास-५, तिनपिप्लेमा उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको लागत अनुमान कुल ४ लाख २० हजार रहेको छ ।

प्रतियोगिताको विजेता र उपविजेता टिमले नगद रु ५१ हजार र ३१ हजार का साथै मेडल तथा प्रमाण पत्र पुरस्कार स्वरुप प्राप्त गर्नेछन् भने सेमिफाईनलसम्म पुग्ने टिमलाई नगद रु सात हजार दिईने आयोजक क्लबले जनाएको छ ।

प्रतियोगितामा राईनास नगरपालिका र आसपासका गाउँपालिका एवम् नगरपालिकाबाट समेत क्लबहरुले भाग लिने क्लबका अध्यक्ष हरिराम अधिकारीले जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट