बौद्धबाट ७ जुवाडे नगदसहित पक्राउ

प्रकाशित मिति: १० चैत्र २०७५, आईतवार

काठमाडौं, १० चैत । प्रहरीले काठमाडौं महानगरपालिका–६ बौद्ध फूलबारीस्थित छेदेन लामाको घरमा जुवा खेल्दै गरेका ७ जनालाई नगदसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सञ्चालक ३४ वर्षीय तेन्जिङ शेर्पा, ६६ वर्षका टासीछेप्तेन लामा, ५३ वर्षका अपे लामा, ३८ वर्षका उङ्छी लामासहित ७ जना रहेका छन् ।

पक्राउ परेकाको साथबाट जुवा खेल्न प्रयोग हुने सामग्री एक हजार ४६ थान गोटी, ६४ थान कौडा र १७ प्याकेट तास बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामाथि थप अनुसन्धान गरेर प्रचलित कानूनअनुसार मुद्दा चलाइने छ । महानगरीय प्रहरी वृत्त बौद्धले शनिबार साँझ गोप्य सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट