मलेसियाको घरफिर्ती केन्द्रमा अलपत्र परेका १६ नेपालीलाई स्वदेश फर्काइयो

प्रकाशित मिति: ९ चैत्र २०७५, शनिबार

काठमाडौं, ९ चैत । हवाई टिकटको खर्च व्यहोर्न नसकी मलेसियाको घरफिर्ती केन्द्रमा अलपत्र रहेका १६ नेपालीलाई सरकारी खर्चमा स्वदेश फर्काइएको छ ।

नेपालीलाई दूतावासले गत फागुन ३० गते जुरु घरफिर्ती केन्द्रबाट छ र बिहीबार जोहरवारु घर फिर्ती केन्द्रबाट १० जना नेपालीको उद्धार गरी नेपाल पठाएको जनाएको छ ।

अलपत्र नेपालीको उद्धार गर्ने बहानामा पीडितको परिवारबाट ठूलो रकम उठाउने र रकम लिई सम्पर्कविहीन हुने घटना बढेको भन्दै दूतावासले अपरिचत र अनधिकृत व्यक्तिलाई आफन्त उद्धार गर्ने नाममा नेपालमा रकम नबुझाउन अनुरोध गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट