पाँचौं भीमदल राई स्मृति रनिङ कपको उपाधि दितेनी फुटबल क्लबलाई(तस्बिरसहित)

प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार

भोजपुर । पाँचौं भीमदल राई स्मृति हतुवागढी फुटबल रनिङ कप प्रतियोगिताको उपाधि दितेनी फुटबल क्लब हतुवागढी-२ भोजपुरले जितेको छ ।

गत फागुन ३० गतेबाट सुरु भएको प्रतियोगितामा उपाधि आफ्नो नाम गरेको दितेनी फुटबल क्लबले नगद रु १ लाख ११ हजार १ सय २२ सहित ट्रफी, मेडल र प्रमाणपत्र जितेको थियो।

यस्तै प्रतियोगिताको उपविजेता बनेको सागुरीगढी फुटबल क्लब मुलघाट धनकुटाले नगद रु ५३ हजार ३ सय ३० का साथै मेडल र प्रमाणपत्र आफ्नो नाम गर्न सफल भयो । १२ टिमको सहभागिता रहेको प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई पनि विधागत पुरस्कार प्रदान गरिएको थियो ।

चैत ५ गते सम्पन्न भएको प्रतियोगिताको प्रायोजन भीमदल राई स्मृति प्रतिष्ठान तथा हतुवागढी खेलकुद विकास समिति भोजपुरको आयोजना र हतुवागढी गाउँपालिकाको विशेष सहयोगमा संचालन गरिएको थियो ।

भोजपुर जिल्लाको सर्वाधिक पुरस्कार राशीको खेलकुदमध्ये एक भीमदल राई स्मृति रनिङ कप २०६९ सालदेखि निरन्तर संचालन हुँदै आएको छ ।

पाँचौं भीमदल राई स्मृति रनिङ कप फागुन ३० बाट


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट