चुनावको मुखमा २३ नेताले पार्टी छोडेपछि मोदीलाई झट्का

प्रकाशित मिति: ७ चैत्र २०७५, बिहीबार

नयाँ दिल्ली । सत्ताधारी पार्टी भारतीय जनता पार्टी बीजेपीका २३ नेताले पार्टी त्याग गरेपछि बीजेपीलाई चुनावको मुखमा ठूलो झट्का लागेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको दल बीजेपीबाट दुई दिनमा महत्वपूर्ण २३ नेताले पार्टी त्याग गरेपछि आम चुनावमा बीजेपीलाई गहिरो असर पर्ने अनुमान गरिएको छ। गएका दुई दिनमा मात्रै अरुणाञ्चल प्रदेशका दुई मन्त्री र ६ विधायकसमेत २३ नेताले बीजेपी परित्याग गरी नेसनल पिपल्स पार्टी (एनपीपी)मा आबद्ध भएका छन् ।

अरुणाञ्चल प्रदेशका गृह मन्त्री कुमार वाई, पर्यटन मन्त्री जरकार गामलिन, बीजेपी महासचिव जरपुम गामबिनसमेतका विधायकले बीजेपी परित्याग गरेका हुन् । अब अरुणाञ्चल प्रदेशको विधानसभामा एनपीपीका विधायकको संख्या १३ पुगेको छ ।

भारतमा आम चुनाव आगामी अप्रिल ११ तारिखदेखि सुरु भएर मे १९ मा सम्पन्न हुनेछ। ७ चरणमा हुने चुनावले १७औँ लोकसभा गठन गर्नेछ।

भारतका अन्य प्रदेशहरुमा समेत बीजेपीका नेताहरुले पार्टी त्याग गरेर अन्य दलमा प्रवेश गरेको जनाइएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट