कामपाले शुक्रबारदेखि ब्रुमरबाट सडक सफा गर्ने

प्रकाशित मिति: ५ चैत्र २०७५, मंगलवार

काठमाडौं, ५ चैत । शुक्रबारदेखि यान्त्रिक कुचो अर्थात ब्रुमरमार्फत सडक सफा गरिने भएको छ । काठमाडौं महानगरपालिकाले अघिल्लो सोमबार इटलीबाट ल्याएको उक्त ब्रुमर पहिलो पटक रत्नपार्कमा प्रयोग गर्न लागिएको हो ।

गत असारमा गरिएको बोलपत्रको आधारमा ती ब्रुमर रु १० करोड ८० लाखमा ल्याइएको हो । सबै ब्रुमर अहिले राष्ट्रिय सभागृहमा राखिएको छ । पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताका छन् । ती ब्रुमरमा दिनमा १० किलोमिटरसम्मको धूलो सङ्कलन गर्न सक्ने क्षमताको रहेको छ ।

युरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धूलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएको छ । अहिले ती ब्रुमर सञ्चालन गर्न चालक र सहचालकलाई तालीम दिने कामसँगै पाटपुर्जा जडानका क्रममा रहेको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।

यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गरिँदै आएको थियो । कामपासँग यसअघि रहेको एक ब्रुमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको पनि कामपाले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट