अवैध सुनसहित चार जना पक्राउ

प्रकाशित मिति: ५ चैत्र २०७५, मंगलवार

काठमाडौं, ५ चैत । अवैधरूपमा सुन विदेश लैजाने क्रममा महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालयले चार जनालाई पक्राउ गरेको छ।

कार्यालयले उनीहरुलाई सोमबार साँझ अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवनका सुनिल राउत, बाराका सन्दीप पटेल, मकवानपुरका अर्पण केसी र खोटाङका मनोज राई रहेका छन् ।

प्रहरीले पक्राउ परेकामध्ये राउत र पटेलसँग १० लाख १५ हजार रूपैयाँ मूल्य पर्ने चार थान सुनको ठूलो बाला, केसी र राईसँग १७ लाख ४६ हजार रूपैयाँ मूल्य बराबरको पाँचथान सुनको ठूलो बाला, तीन मोबाइल र ल्यापटप बरामद गरेको छ ।

पक्राउ परेका चारै जनालाई सुन र सामानसहित थप कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट