होलीको परम्परागत महत्व र रौनक लोप हुँदै

प्रकाशित मिति: ५ चैत्र २०७५, मंगलवार

पाल्पा, ५ चैत । पछिल्लो समय होली अर्थात फागुपर्व तडकभडकका साथ मनाउन थालिएको छ । सहरी परिवेशले ढपक्कै ढाकेपछि गाउँमा मौलिक गीत गाएर नाचेर होली अर्थात फागु खेल्नुको सट्टा वनभोज जाने र रमाउनेको जमात बढ्दो छ।

यसले पनि होलीको परम्परागत महत्व र रौनक हराउँदै गएको छ। होली आउनु एक/दुई दिनअगाडि नै मादल, झ्याली लगायतका विभिन्न परम्परागत वाद्यवादनका तालमा होली गीत गाउने र नाच्ने गरेर यो पर्व मनाउने गरिन्थ्यो। अहिले भने गाउँघरमा मौलिक पारामा होली गीत गाउने र नाच्ने चलन हटिसकेको छ। भड्किलो पाराले होली मनाउने संस्कार गाउँमा भित्रिन पुगेकाले परम्परागत संस्कृति हराउन थालेकोमा पाकापुस्ता चिन्ता व्यक्त गर्छन्।

होली विशेषगरी सहरबजारमा साथीभाइ, आफन्तबीच रङ खेलेर धुमधामका साथ मनाइन्छ। युवापुस्ताले संस्कार, संस्कृतिको महत्वभन्दा पनि रमाइलोका लागि मात्र पर्व मान्ने चलन बढ्दै गएकाले चिन्ता लागेको पाल्पा रामपुरका पाकापुस्ताका प्रतिनिधि जयनारायण न्यौपाने बताउँछन्। गाउँघरमा साथीभाइ जम्मा भएर कसैले होली गीत झिक्ने, कसैले भट्याउने, कसैले मादल, झ्यालीलगायतका वाद्यवादनका सामग्री बजाउने, कोही नाचेर रमाइलोसँग होली खेल्दा निकै आनन्द लागेको अनुभव उनले सुनाए ।

पहिले मनाइने र अहिले मनाइने होली अर्थात फागु पूर्णिमा संस्कृतिमा धेरै भिन्नता रहेको उनको अनुभव छ। युवापुस्ताले संस्कार, संस्कृतिको महत्वभन्दा पनि रमाइलोका लागि मात्र पर्व मान्ने चलन बढ्दै गएकाले चिन्ता लागेको उनले बताए।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट