निर्मला बलात्कार प्रकरणमा नयाँ मोड, कालो मान्छे खोज्दै प्रहरी

प्रकाशित मिति: ५ चैत्र २०७५, मंगलवार

काठमाडौं, ५ चैत । निर्मला पन्त बलात्कार र हत्या प्रकरणले नयाँ मोड लिएको छ । नेपाल प्रहरीका धेरै अनुसन्धान अधिकृतले विभिन्न तरिकाबाट अनुसन्धान गरे पनि कुनै सुइको नपाएको निर्मला प्रकरणमा अनुसन्धानको दायरामा आएका एक व्यक्ति अहिले फरार भएपछि घटनाले नयाँ मोड लिएको हो ।

घटनास्थलमा ढेड वर्षदेखि अश्लिल हर्कत गर्दै आएका ति व्यक्ति निर्मलाको बलात्कार र हत्या पश्चात देखिन छाडेपछि प्रहरीले अनुसन्धान त्यतातिर मोडेको हो । तर त्यो व्यक्ति को थियो, कहाबाट आयो र कहा गयो भन्नेबारे नेपाल प्रहरी अनभिज्ञ छ । एक युवतीको बयानको आधारमा अनुसन्धानमा जुटेको प्रहरी टोलीले ति कालो मान्छे भन्नेको स्केज तयार पारेर खोजी तिव्र पारेको छ ।

प्रहरीको अनुसन्धानको घेरामा जोडिएका ति व्यक्तिले ढेड वर्षको अवधिमा १६ जना युवतीमाथि बलात्कारको प्रयास गरेको समेत खुलासा भएको छ । यो समाचार जनप्रहार साप्ताहिकले छापेको छ । निर्मला प्रकरणकै समयमा ति व्यक्तिलाई दुध पु¥याउन जाने, ड्राईभिङ सिकेर फर्किँदै गरेको एक युवती लगायत १६ जनाले देखेका थिए । केटा देख्ने बित्तिकै खोला किनाराको रुखमा लुक्दै आएका ति कालो व्यक्तिले युवती उक्त बाटोमा हिडेको देख्ने बित्तिकै बाटोमा अश्लिल हरर्कत देखाउँदै आएका थिए ।

उसको हर्रकतले आजित बनेका गाँउलेले उक्त कुरा वडा अध्यक्षसम्म पु¥याएका थिए । वडा अध्यक्षको रोहवरमा प्रहरी लगाएर त्यो कालो मान्छे बस्ने झाडी फाँडेपछि ति व्यक्ति उखुबारीमा बस्ने थालेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ । सोही उखुबारीमा निर्मलाको बलात्कार पश्चात हत्या भएको थियो । काला व्यक्ति भनिएकाले एकै युवतीलाई दश पटकसम्म बलात्कारको प्रयास गरेको प्रहरीको अनुसन्धानबाट अहिले खुलासा भएको हो ।

अनुसन्धानमा जुटेको प्रहरी स्रोतका अनुसार तिनै व्यक्तिले निर्मलाको बलात्कार पश्चात हत्या गरेको हुन सक्छ । निर्मलाको घटना पश्चात ति व्यक्ति सो क्षेत्रमा नभेटिएपछि उनीमाथि शंका गर्दै प्रहरीले अनुसन्धानलाई तिव्रपारेको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट