७८ केजी गाँजा र भरुवा बन्दुकसहित पाँच जना पक्राउ

प्रकाशित मिति: ४ चैत्र २०७५, सोमबार

हेटौँडा, ४ चैत । अवैध भरुवा बन्दुक र गाँजासहित पाँच जना पक्राउ परेका छन् । मकवानपुरमा प्रहरीले विशेष सूचनाको आधारमा राक्सिराङ गाउँपालिका–७ का दिप्सन भन्ने २० वर्षीया सर्गलाल प्रजाको घरबाट ७८ केजी लागूऔषध गाँजासहित अवैध रुपमा राखेको एक थान भरुवा बन्दुक पक्राउ गरेको हो ।

प्रहरीले दिप्सनको घरबाट सानो ब्याट्री तीन थान, स–साना ढुङ्गाका टुक्रा २५ वटा, १०० एमएलको आल्मुनियम बोतलमा बारुद तथा एकथान रोल पटका बरामद गरेको छ। उनीसँगै प्रहरीले सोही स्थानका ४५ वर्षीय चन्द्रबहादुर चेपाङलाई उनको घरबाट ६१ केजी गाँजा र एकथान भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

प्रहरीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ रातोमाटे चेकपोष्टबाट डब्लुबी ०६–६३०९ नम्बरको भारतीय गाडीमा वीरगञ्जतर्फ गाँजा लैजाँदै गरेका भारतको विहारस्थित भगलपुरका ३० वर्षीय विष्णुकुमार शाह, ३० वर्षीयाा रेणुदेवी र २८ वर्षीय अहमद गुल्जारलाई पक्राउ गरेको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट