सुनौलो हजार दिनका ५० आमालाई निःशुल्क सीमकार्ड वितरण

प्रकाशित मिति: ४ चैत्र २०७५, सोमबार

पाल्पा, ४ चैत । स्वास्थ्य पोषण कार्यक्रमअन्तर्गत सुनौलो हजार दिनका ५० आमालाई निःशुल्क सीमकार्ड वितरण गरिएको छ ।

पाल्पाको निस्दी गाउँपालिका–६ अर्चलेका ५० आमालाई स्वास्थ्य, पोषणसम्बन्धी सन्देशमूलक सूचना एक आपसमा आदानप्रदान गरी सीमकार्डको सही सदुपयोग गर्न निःशुल्क सीमकार्ड वितरण गरिएको हो । सीम कार्डमा रु २० को बोनस र एक सय मेगाबाइट डाटा रहेको छ ।

पछौटेपन उन्मूलन समाज (बेस) नेपालअन्तर्गत सञ्चालित सुआहाराको सहयोगमा सीम कार्ड वितरण गरिएको वडाध्यक्ष मेखबहादुर सुनारीले जानकारी दिए ।

बच्चा गर्भमा रहेको दिनदेखि एक हजार दिन अर्थात जन्मिएको दुई वर्षसम्मका आमाहरुबीच निःशुल्क मोबाइलमा कुरा गरी स्वास्थ्य र पोषणसम्बन्धी सूचनामूलक सन्देश पनि पाउन सकिने उद्देश्यले सीमकार्ड वितरण गरिएको सहजकर्ता भगीसरा सुनारीले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट