आइपिएल खेल्न सन्दीप बुधबार दिल्ली जाने

प्रकाशित मिति: ३ चैत्र २०७५, आईतवार

काठमाडौं । आउँदो शनिबारदेखि सुरु हुने इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटका लागि सन्दीप लामिछाने बुधबार दिल्ली जाने भएका छन् ।

प्रतियोगिता सुरु हुनु भन्दा चार दिनअघि उनी दिल्ली गएर प्रशिक्षणमा सहभागी हुने बताइएको छ । लगातार विभिन्न देशका लिग र अन्तर्राष्ट्रिय प्रस्तिस्पर्धामा व्यस्त भएका सन्दीप लामिछाने अहिले आफ्नो परिवारसँग बिदा मनाईरहेका छन् ।

वर्षभरि खेलमा व्यस्त रहेकाले सन्दीपलाई ती खेल पनि प्रशिक्षण जस्तै रहेको छ । सन्दीप अनुबन्धित रहेको दिल्ली क्यापिटल्सको खेल आउँदो आइतबार हुनेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट