काठमाडौंमा बन्दको आंशिक प्रभाव

प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहीबार

काठमाडौं, ३० फागुन । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण काठमाडौं उपत्यकामा अघिपछि भन्दा केही पातलो गाडी गुडेका छन् ।

बन्दको आंशिक प्रभाव परेको उपत्यकामा बजार भने खुलेका छन् । मंगलबार सरकारले विप्लव समूहमाथि प्रतिबन्द्ध घोषणा गरेको विरोधमा सो पार्टीले आज नेपाल बन्द आह्वान गरेको हो ।

बन्दलाई निस्तेज पार्न सरकारले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको छ । राजधानीका मुख्य–मुख्य चोकमा बिहानैदेखि जनपथ तथा सशस्त्र प्रहरी परिचालन भएका छन् । उपत्यका बाहिरका मुख्य शहरबजारमा पनि बन्दको केही प्रभाव परेको छ ।

काठमाडौंको विभिन्न नाका भएर बाहिरिने सवारी साधन आंशिक रुपमा चलेपनि थानकोट भएर बाहिरिने लामो दूरीको सवारीसाधन भने चलेका छैनन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट