मायालुलाई ‘इलाम बजार घुम्न आउ’ भन्दै गायक केन्द्र नेम्वाङ(भिडियोसहित)

प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहीबार

काठमाडौं । गायक केन्द्र नेम्वाङको सुमधुर स्वरमा सजिएको ‘आउने भए आउ है माया’ बोलको गीत सार्वजनिक भएको छ ।

आफ्नै शब्द र संगीत रहेको उक्त गीतको भिडियोमा इलाम नगरीका सुन्दर दृश्यहरु समावेश गरिएका छन् । ओपेरा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको एरेन्ज मनी ताम्लीङले गरेका हुन् । किङ स्टुडियोमा छायांकन गरिएको गीतको छायांकन र सम्पादन धन खालिङले गरेका हुन् ।

पाँचथरको चिलिङ्दीनमा जन्मिएर इलामको गोदाक १० मा हुर्केका गायक नेम्वाङ विगत १२ वर्षदेखि गायन क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनले यसअघि पनि नन्दु राईको शब्द र संगीत रहेको ‘बेली बाबरी र तिम्रो नजरले तिम्रो मुस्कानले’ बोल रहेको चर्चित गीतमा आफ्नो स्वर दिइसकेका छन् ।

सानैदेखि गायनमा रुचि राखेका नेम्वाङले रेडियो नेपालमा भेडेटारको डाँडै डाँडा भन्ने गीत गाएका थिए । गीत संगीतलाई आगामी दिनमा पनि निरन्तरता दिने उनी बताउँछन् । हाल उनी फेरि तिमीलाई हेरि रहन मन लाग्छ भन्ने गीत लिएर आउने तयारीमा छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट