आजदेखि होली पर्व सुरु, बसन्तपुरमा ठड्याइयो चीर

प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहीबार

काठमाडौं, ३० फागुन । काठमाडौंको बसन्तपुरमा बिहीबार बिहान चीर ठड्याइएसँगै उपत्यकामा यस वर्षको फागु अर्थात होली पर्व औपचारिक रुपमा सुरु भएको छ ।

फागु पर्व अर्थात रंगहरुको उत्सव होलीमा हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याउने चलन छ । होलीलाई असत्यमाथि सत्यको विजयको रुपमा हरेक वर्ष फागु पूर्णिमाका दिन मनाउने गरिन्छ । यस पर्वलाई आपसी कटुताको अन्त्य र सद्भाववृद्धिको पर्वको रुपमा पनि लिने गरिन्छ ।

बसन्तपुरमा बिहीबार बिहान ११ बजेर ५५ मिनेटको साइतमा होलीको लिंगो ठड्याइएको हो । रंगीबिरंगी ध्वजासहितको चीर ठड्याउने बेला नेपाली सेनाको गुर्जु पल्टनले हर्ष बढाइसमेत गरेको थियो ।

यसवर्ष काठमाडौं उपत्यका लगायतका पहाडी जिल्लाहरुमा चैत्र ६ गते बुधबार तथा तराईका जिल्लाहरुमा चैत्र ७ बिहीबार होली पर्व मनाइदैँ छ । बसन्तपुरमा विधिवत रुपमा गाडिएको चीर ढालेपछि होली पर्व सकिएको मान्ने परम्परा छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट