चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार हो: विप्लव समूह

प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहीबार

काठमाडौं, ३० फागुन । आफूहरुको पार्टीले नागरिक र राष्ट्रको भविष्यका लागि लडिरहेकाले चन्दा उठाउनु नैसर्गिक अधिकार भएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले दाबी गरेको छ ।

आफूहरुको पार्टीलाई राजनीतिक पार्टीको रुपमा मान्यता नदिएर अपराधी समूह जस्तो व्यवहार गर्ने सरकारी निर्णय हास्यास्पद रहेको भन्दै यस्ता निर्णयले आफूहरु नझुक्ने विप्लव समूहले जनाएको छ ।

प्रतिबन्ध आफ्नो पार्टीलाई नभई राष्ट्र बेचेर खाने, विदेशीको दलाली गर्ने, भ्रष्ट, कमिसनखोर र तस्करहरुसँग मिलेर नागरिकका विरुद्ध अपराध गर्ने राज्यका मन्त्री र उनीहरुका मतियारलाई आफूहरुले प्रतिबन्ध लगाउने पनि विज्ञप्तिमार्फत उसले चेतावनी दिएको छ ।

पार्टीका महासचिव ‘विप्लव’ले हस्ताक्षर गरेको विज्ञप्तिमा आफूहरुले अहिलेसम्म विदेशी केन्द्रबाट पैसा नलिएको र दलाली गरेर कमिशन पनि नखाएको भन्दै चन्दा उठाउनु नैसर्गिक अधिकार भएको उल्लेख छ ।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहले आपराधिक गतिविधि गरेको भन्दै प्रतिबन्ध लगाएपछि उसले वक्तव्यमार्फत जवाफ फर्काएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट